Saturday, December 24, 2011

तिमी कहाँ म कहाँ , तिमी आउने आशमा

तिमिलाई पाएँ ठुलो प्रयास पछी
तर गुमाउन पनि बेर लागेन
अरु हरु सँग हुन्थ्यौ तिमी र त तिमीलाई पाउने चाहना थियो तर म सँग तिमीलाई आफ्नो बनाउने हैसियत थिएन
धेरै जोड गरे पछी जब म तिम्रो लायक भएको महसुस गरे तब कत्तिबेर पनि नरुकी तिमीलाई लिन भनी दोउडिएँ
त्यो बेला म तिमीलाई पाउन यती हतारिएकी थिएकी तिम्रो बाहिरी आवरण जुन मैले चाहे अनुसार थिएन त्यस्को पनि बेवास्ता गरेर तिमीलाई मेरो घर लिएर आएँ
घर ल्याइयो तिमीलाई खुशी हर्सोल्लाश छाएको थियो हाम्रो घरमा
म बाहिर जान्थे आफ्नो काममा तिमीलाई पनि साथै लान चाहन्थे तर डराउथें कतै तिमीलाई मेरो केही कृयाकलाप हरु ले चोट पुग्लाकी भनेर
तिमिलाई धेरै अगाडि देखी चाहेकी थिए तर तिम्रा हरेक भावना बुझ्न सक्ने गरी तिमी सँग त्यती नजिक भएकी थीइन त्यसैले तिमीलाई मेरो साथ लिएर हिंड्न डराउथें र अरु कोही जो तिम्रा भावना सँग केही मात्रा मा पारीचित थियो उनिहरुको साथ लागेर तिम्रो समिप्यता खोज्थेँ
यसै गरी बीस्तारै तिम्रो नजिक हुँदै गर्दा अब कोही अरु बिनानै तिम्रो साथमा हिंड्न थालें
कुनै बेला अन्जान मै तिमीलाई चोट पुग्दा म धेरै दुखी हुन्थे
तिम्रो साथ मेरो लागि आनन्ददायी हुन्थ्यो तिमी मेरो गौरब मेरो शान थियौ
तिम्रो साथ रहँदा म आफुलाई निकै भाग्यमानी महसुस गर्थें
मेरो जिबनको अप्ठ्याराहरुमा तिम्रो साथ हुन्थ्यो, तिमी सँग को यात्राा सजिलो हुनेगर्थ्यो
तिमी सँग हुँदा दुनियाँ सँग बेखबर रहेर तिमी मै हराएकी हुन्थे तिमी नै मेरो साहस थियौ अनी तिमी नै मेरो प्रेरणा
तिम्रो आगमन पछी नयाँ नयाँ मिठा मिठा सपना सजाउन थालेकीथिए
चिन्ताले भरिएको मेरो जिबनमा खुशीका बहार हरु आउन थालेका थिए
anaayashai ठुलो भुमरी आयो अनी तिमी कता म कता भयौं
तिम्रो साथ चाहने अरु पनि थिए
तिमीहरु उनिहरु सँगै म बाट टाढा कतै लाग्यौ
मैले तिम्रो कमी महसुस गर्नु त स्वाभाबिक नै थियो साथै तिमी पहिलो पल्ट बाहिर गएको थियौ त तिमीलाई के होला कस्तो होला भनेर पिर पनि लागिरहेको थियो
तिमी मलाई छोडि गएको २० घण्टा पनि भएको थिएन शायद , मलाई तिमी घाइते भएर अस्पाताल मा रहेको खबर आयो
तिम्रो शरीर भरी चोट अनी केही अँग हरु टुटेका छन रे
मलाई माफ गर साथी म तिम्रो त्यस्तो अवस्था देख्न नसक्ने भएर अाइन
तिमीलाई अस्पाताल बाट ठीक पारेर निकाल्न पनि मलाई समस्या परिरहेको छ
म तिमीलाई भेट्न अाइन त के भयो? म तिम्रो उपचारको लागि नै खटिएकी छु
तिम्रो उपचारको लागि बाहिर बाट डाक्टर बोलाउनु पर्ने भएको छ
म तिमी बिना धेरै दिन बस्न चाहन्न त्यसैले तिमिलाई जती सक्दो चाँडो सकुशल घर ल्याउने कसरत गर्दैछु
हाम्रो भेट हुने दिन आउन धेरै छैन प्रिय।
अब हाम्रो सिघ्र मिलन को कामना गर्दैछु

1 comment:

  1. wow, great writing!! An accident made u writer...
    Good Luck for her quick recovery... Take care,

    ReplyDelete