Thursday, March 11, 2010

गजल

-प्रयास घिमिरे
नजिकिने वाहाना थियो उनीसँग बोलें मैले
डराई डराई लजाई लजाई मनको कुरा खोलें मैले

आँखाभित्र बसिन् उनी पहिलोे भेटको प्रभाव यो
दिनको चैन रातको नीद उनकै नाम छोडें मैले

भीड पनि एक्लो लाग्छ उनीसँग भेटेदेखि
साथीभाई आफन्त नातागोता तोडें मैले

जवाफ पर्खी बितेका छन् तड्पाईमा हरेक पल
मुस्कान हो या विभाजन खतरालाई मोलें मैले

No comments:

Post a Comment