Wednesday, February 17, 2010

हिकहिकाईमा तिमीलाई सम्झँदा

लहरी घिमिरे

छुटेका थियौं तातो हात मिलाएर प्रिये
केवल एकैक्षणको त्यो नींद जस्तोे मीठो याद
आज फेरी कोशौं दूर यो प्रदेशमा, दुश्मनको सीमानामा
चिसो राइफलको वेंड समाएर तिमीलाई सम्भि्करहेंछु
पत्र यहाँबाट कहाँ जाने महिनौं दिनमा पुग्ला कि हराउला
बरु वाडुलिमा हिकहिक गर पिये, पानी पिउँदै मलाई सम्झ केवल नींदमा
सपनामा भेट भए त्यो विहान कस्तो आनन्द आउला!
प्रतिक्षा गर प्रिये
वर्ष दिन बिताएर छुऒ्ढी काट्न आउँला
तिमीलाई मनपर्ने बुट्टेदार चोलि फरिया ल्याइदिउँला
आमा र बहिनीलाई एउटा चिनो अनि सासुलाई बर्को
र भनिदिनु ज्वाईं आउनेछ आउने दशैंमा!

म आएपछि फेरी प्रिये हाट भर्न जाउँला
तिम्रो सुकोमल हातभरी सुनको चुरी, औंठी बनाइदिउँला
तिम्रा रहरमा जम्मा चीज।
अनि म स्वयं म रहर रहर भै दिनेछु
हो त भेटको पुनीत अवसर कसरी झल्कन्छ आँसुमा
त्यो सुखद क्षणको परिभाषा दिएर!
अब फरी त्यो खुशीको क्षण, त्यो मिलनको दिन
पर्खंदै बस प्रिये
जीवन एक पर्खाइ न हो, जीवन एक आशा न हो, जीवन एक संघर्ष न हो
यसैले हामी ज्यादै आशावादी छौं, यसैले हामी ज्यादै संघर्षशील छौं।
निराशा त एक मृत्यु हो जो लिन हुन्न कदाचित
जो दुखदायी पनि छ।
वस् प्रिये तिमो हिकहिकाईमा यति सम्झे
म सन्तुष्टिको स्वास फेर्ने थिएँ
सायद म पनि हिकहिकाउँदै तिम्रो प्रेमको उत्तर पाउने थिएँ।
अस्तु!
उही तिम्रो

No comments:

Post a Comment